Wednesday, May 22, 2024
FEATUREDGadgetsGeneralसमाचार

Assam Gorkha Sammelanka Upalabdhi ra Sambhavnahoru

        १९४३ सन्‌को १५ मईको दिन दार्जिलिङको रिङक सिनेमा हलमा सरदार हनजितसिं देवानको सभापतित्वमा अनुष्ठित भएको सभामा बाबु डम्बरसिं गुरुङ र रनधीर सुब्बालाई मूल सचिवको पदमा आसीन गराएर अखिल भारतीय गोर्खा लीग गठन गरिएको थियो। १९४४ सन्मा गोर्खा लीगको अधिवेशनमा प्रतिनिधित्व गर्ने एकमात्र असम सन्तान थिए विश्वनाथ चारालीका रामजी ज्ञवाली । अनि त्यसै साल प्रसादसिं सुब्बाको नेतृत्वमा असममा गोर्खा लीगको पहिलो तेजपुर शाखा गठन भएको थियो। तेजपुरबाट दधिराम उपाध्यायज्यूको नेतृत्वमा लीगका नेतृत्वहरू सोलोङतिर पनि पुगेका हुन् अनि मङ्गलदै तिरका छपडी अञ्चल परिभ्रमण गर्दै सरदार वीर बहादुरका नेतृत्वमा सभा अनुष्ठित गरी लीगको दोस्रो शाखा पनि गठन गरेको कुरा ऐतिहासिक तथ्यहरूले बताउने गर्छ । १९४४ सन्‌मा बाबु डम्बरसिं गुरुङ उनका दुई सहयोगी शिवकुमार राई र अरिबहादुर गुरुङलाई (शिवकुमार र अरिबहादुर गुरुङ पहिला पनि आएका थिए) साथमा लिई शिलङ आए अनि असमेली (उत्तर- पूर्वाञ्चल) गोर्खा कृषक, पशुपालकहरूले वर्षौंदेखि झेल्दै आएका कयौं समस्या समाधानको निम्ति प्रान्तीय सरकार समक्ष राखे। ट्राइबेल बेल्ट र ब्लकमा नेपाली कृषक / गोपालकलाई विषेश सुरक्षित श्रेणीमा अन्तर्भूति गराउने कुरामा पनि लीगकै योगदान रहेको देखिन्छ। प्रा. लीलबहादुर क्षेत्रीज्यूको अनुसार, ‘वास्तवमा हिमालको काखमा दार्जिलिङमा गोर्खा जन्मियो। तर यो हुयों, बढ्यो र किशोर भएर दगुर्न थाल्यो ब्रह्मपुत्रको बगरमा ‘ (विश्वनाथ दर्पण स्मृतिग्रन्थ, गोलिया, २०१२) । त्यसपछि सेते राणा, चारुदत्त राई, लोकनाथ जोशी, बीरबहादुर राणा, कर्णबहादुर क्षेत्री, प्रसादसिं सुब्बा, दलवीरसिं लोहार, धर्मानन्द उपाध्याय, पण्डित नरपति उपाध्याय, डी.बी. क्षेत्री, मोतिलाल क्षेत्री, डी.आर. सुब्बा, छविलाल उपाध्याय, ध्रुवनाथ जोशी आदि नेताहरूको छत्रछायाँमा यो संस्था क्रमशः उत्तर-पूर्वाञ्चलमा मौलाउँदै गयो। तर १९५५ सन्मा मटेलीं अधिवेशनूमा गोर्खा लीगलाई राजनैतिक दलमा परिनत गर्ने प्रस्ताव पारित भएपछि असम प्रान्तीय गोर्खा लीगले डिमापुर अधिवेशनमा (१९५५) अ.भा.गो.ली. केन्द्रिय समितिसँग आफ्नो साङ्गठनिक नाता तोड़ने सिद्धान्त लियो । त्यसपछि धेरै साल लीग ओइलाउँदै गयो । शाखाहरू निस्क्रिय रहे। दुई-चार जनाले एकत्रिकरण गर्न प्रयास पनि गरे तर सफल बनेनन् ।

गड़पाल अधिवेशनः

        अ.भा.गो.ली. (प्रान्तीय) को १२औं अधिवेशन१९६६ सन्‌को ८, ९, १० अप्रिल तीन दिवसीय कार्यसूचीका साथ वर्तमान शोणितपुर जिल्लाको गढपालमा अनुष्ठित हुन्छ। विशेष गरी असम, मेघालय र मिजोरम राज्यका २७२ जना प्रतिनिधिले उक्त अधिवेशन‌मा प्रतिनिधित्व गरेका थिए। आम सभामा असम विधान सभाका उपाध्यक्ष्य महिकान्त दास, मन्त्री कामाख्या प्रसाद त्रिपाठी, गोलक राजवंशी, डम्बरू हाजरिका, डा० पूर्णनारायण सिंह जस्ता वरिष्ठ व्यक्तिहरू उपस्थित रहेको तथ्य पाइन्छ । कार्यक्रम सफल बनोस भनेर प्रधानमन्त्री इन्दिरा गान्धी र मुख्यमन्त्री बिमलाप्रसाद चलिहाले पनि शुभकामनाका सन्देश पठाएका थिए। उक्त अधिवेशनमा गोर्खा लीगलाई राजनैतिक दलमा विलीन नगरेर गोर्खाहरूको शुद्ध सामाजिक संस्थामा रूपान्तर गर्ने विषयमा लामो बहस चल्यो। धेरैले गोर्खा लीगलाई ‘गोर्खा सम्मेलन’ बनाउनु पर्नेमा आफ्नो तर्क राखे भने थोरैले (केवल २५ जना) गोर्खा लीग नै बाहाल रहोस भनेर सदनमा व्यक्त गरे । अन्तिममा ‘असम प्रान्तीय गोर्खा लीग” असम गोर्खा सम्मेलन ‘को नाउँले एक शुद्ध सामाजिक संस्थाको रूपमा परिवर्तन भयो। वरिष्ठ साहित्यिक प्रा. लीलबहादुर क्षेत्रीको अनुसार- ‘लीग’लाई ‘सम्मेलन’ पार्नुमा दुइवटा तथ्यहरू थिए। एउटा अङ्ग्रेजी शब्द लीगको नेपालीकरण अनि अर्को लीगमा परिसकेको राजनैतिक धब्बालाई मेटाउन शब्दको परिवर्तन गर्नु। जे होस् गढपाल अधिवेशनमा सेते राणालाई सभापति, प्रसादसिं सुब्बा, दलवीरसिं लोहार उप-सभापति, धर्मराज सुब्बा (डी.आर.सुब्बा), खेमराज अधिकारी र डी.बी. क्षेत्रीलाई संयुक्त सचिव अनि डी.एन.जोशीलाई कोषाध्यक्षको रूपमा चयन गरिएको थियो।

लोहारज्यूको आगमन र विदाई :

         गढपालमा आएको जोशलाई कायम राखेर सम्मेलनले आफ्नो १३औं अधिवेशन रामपुरमा (टिराप) अनुष्ठित गयो। सी.बी. क्षेत्रीको (चन्द्रबहादुर क्षेत्रा, भू.पू. विधायक) विषेश प्रयत्नमा यो अधिवेशन जुट्यो ।246. निकासी प्रभारामपुर अधिवेशनमा दलवीरसिं लोहार सभापति र डी. आर. सुब्बा मूल सचिवका पदमा चयन भए। तर एक वर्ष पछि अर्थात २९-०७-१९६९को दिन अक्लान्त कर्मी, स्वाधीनता सेनानी दलवीरसिं लोहारज्यूको चोला उठ्यो। लोहारज्यू १९४९-५० सन्मा अ.भा.गो.ली. केन्द्रीय समितिका पनि सभापति चुनिएका थिए। उनको असामयिक मृत्यु असमेली गोर्खाहरूको निम्ति ठुलो अपुरणीय क्षति हो ।

        दलवीरसिं लोहारको चोला उठे पछि सम्मेलनको बागडोर उप-सभापति विष्णुलाल उपाध्यायज्यू माथि आइपुग्यो। चापाखोवामा ०६-०९-१९६९ मितिमा अनुष्ठित भएको कार्यनिर्वाहक सभाले विष्णुलाल उपाध्यायलाई सभापतिको दायित्व सुम्पियो। विष्णुलाल बाबुले सम्मेलनलाई सङ्गठित पार्ने दिशामा गाउँ-गाउँ हिँडे । नयाँ शाखाहरू गठन गर्दै गए। पुराणा शाखाहरूलाई नवीकरण गरे। भनौ, सङ्गठनले प्रान्त भरि नै व्यापकता प्राप्त गयो। विष्णुलाल बाबुले बुलेटिन निकालेर ऐतिहासिक दृष्टान्त सुरू गरे । १९७० सन्मा बोकाखातमा अगोसको केन्द्रिय अधिवेशन सु-सम्पन्न भयो । उक्त समयमा बनिसकेका जिल्ला समितिहरू यस प्रकार छन्- (क) कामरूप (ख) उत्तर लखिमपुर (ग) मङ्गलदै (घ) डिब्रुगढ (ङ) मिजो हिल्स जिल्ला समिति । प्रान्तभरि मोठ ८२ वटा शाखा समिति थिए ।

        विष्णुलाल उपाध्याय पछि १९८१ सन्बाट प्राय ११ वर्ष सम्म असम आन्दोलन, बडोल्याण्ड आन्दोलनका बिच पदुमबहादुर चौहानज्यूले सम्मेलनलाई नेतृत्व दिनु भयो । १९९२ सन् पछि मणिकुमार सुब्बाले सम्मेलनको बागडोर पाए। सुब्बाज्यूको २४ वर्षको कार्यकाल सम्मेलनको इतिहासमा एक सुनौलो अध्यायको रूपमा चिनिने छ । उहाँको असामयिक मृत्यु समग्र गोर्खा जातिको निम्ति अपुरणीय नुकसान हो।

विभिन्न समयमा अगोस अधिवेशनका स्थान, मिति र नेतृत्वहरू यसप्रकार छन्-

१३औं अधिवेशन,     २६, २७, २८ अप्रिल, १९६८         रामपुर               दलविरसिं लोहार/डी.आर. सुब्बा

१४औं अधिवेशन     २४, २५, २६ डिसेम्बर, १९७०     बोकाखात             विष्णुलाल उपाध्याय/डी. आर. सुब्बा

१५ औं अधिवेशन     १३, १४, १५ अप्रिल, १९७३          पाटगाउ               विष्णुलाल उपाध्याय /स्वरूप उपाध्याय   (दुई महिनापछि मूलसचिवको राजिनामा) :   चन्द्रबहादुर क्षेत्री 

१६औं अधिवेशन      २४, २५, २६ डिसेम्बर, १९७६      गुवाहाटी             विष्णुलाल उपाध्याय/चन्द्रबहादुर क्षेत्री

१७औं अधिवेशन       २५, २६, २७ डिसेम्बर, १९८१     हाफलङ              पदम बा चौहान/चन्द्रविनोद चालिसे

१८औं अधिवेशन       २८, २९, ३० डिसेम्बर, १९८४      उदयपुर               पदुम बा. चौहान का. सभापतिः कुल बा. क्षेत्री                                                      मूलसचिवः चन्द्रविनोद चालिसे : धनबहादुर क्षेत्री  : गोपाल बा. नेपाल

१९ औं अधिवेशन            १३, १४, १५, १६ फेब्रुवारी, १९८४  राङाचकुवा, शोणितपुर        सभापतिः पदुम बा. चौहान                                                                                                                                        मूलसचिवः पहल थापा

२०औं अधिवेशन             २५, २६, २७ डिसेम्बर, १९९२         गुवाहाटी                                     सभापतिः मणिकुमार सुब्बा                                                       का. सभापति: रुद्र पराजुली             मूलसचिव: इन्द्र गुरागाजी        काशीनाथ उपाध्याय         तोयानाथ दाहाल

२१औं अधिवेशन       १०,११,१२ फेब्रुवारी १९९५           गोगामुख, मोहरीकेम्प                    सभापतिः मणिकुमार सुब्बा                                                        का सभापतिः रुद्र पराजुली      मूलसचिव: पहल थापा,    फनिन्द्र शर्मा,      सन्मान क्षेत्री,    विष्णु राणा  ।

२२औं अधिवेशन       २२, २३, २४ मई, १९९७           मालिगाउँ/हारमति                  सभापति: मणिकुमार सुब्बा                                                                     का.सभापति: रुद्र पराजुली             मूलसचिव: टङ्कबहादुर राई

२३ औं अधिवेशन            १२ देखि १६ फेब्रुवारी, २००३          बेदेती                             सभापतिः मणिकुमार सुब्बा                                                                     का. सभापतिः लोकनाथ उपाध्याय                    मूलसचिव टङ्कबहादुर राई

२४औं अधिवेशन     १७, १८, १९, २० जनवरी २००८     डिगबै                             सभापतिः मणिकुमार सुब्बा                                                                     का. सभापतिः लोकनाथ उपाध्याय             मूलसचिवः अरुण उपाध्याय           प्रेम शर्मा, अशोक भट्टराई                      प्रकाश रिमाल, बासुदेव उपाध्याय,   सी.बी. राई (मनोनीत)

२५ औं अधिवेशन               १९,२०,२१,२२  जनवरी, २०१२                   गोलिया               सभापतिः मणिकुमार सुब्बा                        का. सभापतिः अरुण उपाध्याय      मूलसचिवः प्रेम शर्मा,   अशोक भट्टराई,    इन्द्र गुरागाईं,    सी.बी. राई,    किशोर उपाध्याय, सुमन सुब्बा,  बासुदेव उपाध्याय, भाष्कर दाहाल,  नीरू पराजुली

२६औं अधिवेशन    २२, २३, २४, २५ डिसम्बर, २०१६         बोकाखात          सभापतिः रामप्रसाद शर्मा ;   का.सभापति कृष्ण भूजेल मूलसचिवः सी.बी. राई,   प्रेम शर्मा,   किशोर उपाध्याय,  लक्ष्मी सेडाई, भाष्कर दाहाल,  नीरू पराजुली, वासुदेव उपाध्याय,   जगदीश खनाल (मनो)  रूपक शर्मा/कर्ण वा. क्षेत्री (मनो.) (रूपक शर्माको ठाउँमा कर्णबाहादुर)

२७औं अधिवेशन १५, १६, १७ मई, २०२२    निकासी…

मुख्य कार्यालय :

असम गोर्खा सम्मेलनको मुख्य कार्यालय मणिकुमार सुब्बा भवन गुवाहाटी पल्टन बजार स्थित के.बी. बेनर्जी पथको समीप अवस्थित छ ।

       १९९४ सनमा No. RSS – 39/94/11 Dtd. 1st Feb/1994 आदेश बमोजिम गुवाहाटी सहर दोस्रो पार्टको १३/२ (ख) मा गोर्खा सम्मेलनको नाउँमा दुई बिघा जमीन आवन्टन छ। तर वास्तव क्षेत्रमा तीन कठ्ठा ७ लेसा जमीन (मुखपट्टि चौडाइ १५४ फुट, पछाडिपट्टि ६३ फुट) उपलब्ध र संरक्षण भएको छ । त्यही जमीनमा भू. पू. सांसद एवं सम्मेलनका सभापति मणिकुमार सुब्बाज्यूले आफ्नै खर्चले पहिलो तला भवन निर्माण गरि दिनु भएको छ र यसलाई ‘मणिकुमार सुब्बा भवन’ नाउँले चिनिन्छ । उक्त भवन १०-०४- १९९४ मा असमका राजह विभागका मन्त्री मुकुट शर्माको बाहुलीबाट शिलान्यास गरिएको थियो । त्यस ऐतिहासिक क्षणमा कालिंपोङबाट सु-साहित्यिक सी. के. श्रेष्ठ पनि उपस्थित हुनुभएको थियो। अवश्य भवन निर्माण कार्य सकिए पछि १० मार्च १९९७ सन्मा भवनको द्वार उद्घाटन समारोह अनुष्ठित हुन्छ। उक्त समारोहमा असम विधान सभाका अध्यक्ष गणेश कुटुम, मन्त्री बिराज कुमार शर्मा, विरोधी दलपति सिलविउस कन्दपान, विधायक रूपम कुर्मी, भू.पू. सभापति विष्णुलाल उपाध्याय, पदुमबहादुर चौहान, वरिष्ठ लेखक लीलबहादुर क्षेत्री उपस्थित हुनु हुन्थ्यो। कार्यक्रमको नेतृत्व दिनु भएको थियो सम्मेलनका सभापति मणिकुमार सुब्बा (विधायक), रुद्र पराजुली (कार्यकरी अध्यक्ष), पहल थापा, फनीन्द्र शर्मा, इन्द्र गुरागाँञी आदि नेतृवृन्दले ।

        भवनमा पहिलो तलामा केन्द्रीय कार्यालय लगायत कार्यकारिणी बैठकको सभागृहनिकासी प्रभा249अवस्थित छ । यहा पाहुना सुन सन सातवटा ओछ्यानको व्यवस्था पनि छ। दोस्रो तलामा पाँचवटा अतिथि कक्ष र ठुलो हलमा आठ जना व्यक्ति सँगै बस्न सक्रे डोमेंटरी व्यवस्था रहेको छ। तेस्रो तलामा सातवटा कोठा छन् जसमा पन्द्रहवटा ओछ्यान उपलब्ध छन् । यहाँबाट सङ्ग्रहित धनले (महिनाको प्राय साठी-पैंसठी हजार) भवनमा कर्मरत अस्थायी कर्मचारीको तलब, विद्युत बिल, साङ्गठनिक कार्यवली, सभादि खर्च आदिमा व्यवहार गरिन्छ ।उल्लेख रहोस कि माथिको तला (तेस्रो) सरकारी पूँजीले निर्माण गरिएको हो। ठीक त्यसरी नै गोर्खा उन्नयन परिषदद्वारा मुख्य कार्यालयमा बाउन्डेरी वाल र दुइटा गेट निर्माण गरिएको छ। भखरै २१-०१-२०२१ को दिन सरकारले Multipurpose centre for socio-cultural Dev. भनेर डेड करोड मञ्जुर गरेको छ। वर्तमान अवस्थित कार्यालयको पूर्वपट्टि दोस्रो भवन निर्माण कार्य चलि रहेको छ । उक्त भवन निर्माण कार्य सकिए पछि सम्मेलनले सामाजिक, सांस्कृतिक र साहित्यिक गतिविधिहरू अघि बढाउन सक्षम हुने छ भन्दा बढाएको नहोला।

क्यान्सर रोगीलाई निशुल्क बस्ने व्यवस्था : 

    कार्यालयको भुँइ तलामा भवनका कर्मचारीको बस्ने खाने व्यवस्था छ । यहाँ अर्को फराकिलो सभागृह पनि छ । यस सभागृहको समीप कुनै पनि गोर्खाली दाजु-भाइहरूलाई क्यान्सर रोगको उपचार गर्न आएका खण्डमा निशुल्क बस्न सातवटा खाटको व्यवस्था गरिएको छ । यो व्यवस्था १९९७ सन्बाट नै लागु छ र यसले धेरै गोर्खा दाजु-भाइ उपकृत भएका छन् ।

केन्द्रीय कार्यनिर्वाहक समिति :

  असम गोर्खा सम्मेलनको वर्तमान ३३ वटा जिला समिति, एउटा क्षेत्रिय समिति (बी.टी.ए.डी.) र सर्वमुठ १००३ वटा शाखा पन्जीयन (अप्रिल २०२२ सम्म) भएको तथ्य प्राप्त भएको छ। केन्द्रीय कार्यनिर्वाहक समिति १५९ जना सदस्य-सदस्याले गठित भएको छ। उल्लेख रहोस कि सबै जिलाका सभापति र मूल सचिवलाई केन्द्रीय सदस्यको रूपमा स्वीकृति दिइएको छ। यस भित्र केन्द्रिय समितिले मनोनीत गरेको केन्द्रीय पदाधिकारी, मनोनीत, आमन्त्रित सदस्य पनि अन्तर्भूक्त छन्। अगोसको संविधानले अधिवेशनको अघि नै निर्वाचनी आयोग गठन गर्ने व्यवस्था गरेको छ भने प्रत्येक शाखा समितिले सदस्य भर्ना शुल्क सही समयमा केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

सम्मेलनका केही साङ्गठनिक उपलब्धिहरू:

भाषा शिक्षक र पाठ्यपुस्तक :

     १९९२ सनमा अनुष्ठित सम्मेलनको गुवाहाटी अधिवेशनमा असमका मुख्यमन्त्री हितेश्वर सइकीया उपस्थित रहनु भएको थियो । उक्त अधिवेशनमा नेपाली पठन-पाठनको मुद्दा विशेष रूपमा चर्चा भएको र भाषा शिक्षक नियुक्ति सन्दर्भमा यथाविहीत व्यवस्था ग्रहण गर्न मुख्यमन्त्री महोदयलाई अनुरोध गरिएको थियो र मुख्यमन्त्रीज्यूले पनि सकारात्मक तडिकाले आश्वासन दिनुभएको थियो। त्यसपछि २८-०७-१९९४ को दिन मणिकुमार सुब्बाको नेतृत्वमा उपदेष्टा विष्णुलाल उपाध्याय, पदमबहादुर चौहान, रुद्र पराजुली, लीलबहादुर क्षेत्री, मूल सचिवद्वय पहल थापा र इन्द्र गुरागाइँज्यूको शसक्त टोलीले मुख्यमन्त्रीज्यूलाई भेट गरी विषयवस्तुलाई अघि बढाएको थियो। मुख्यमन्त्रीले त्यसै दिन शिक्षा विभागका कमिसनारलाई एक सय नेपाली भाषा शिक्षकका पद मन्जुर गर्न अनि नियुक्ति दिन आदेश दिएका थिए। त्यसपछि असम सरकारका शिक्षा विभागका उप सचिव बी. एस. चौधुरीले शिक्षा विभागका निर्देशक (प्राथमिक) लाई सरकारि पत्र PMA – 158/ 94 dated 18-01-95 अनुसार अपारेशन ब्लैकबोर्ड अन्तर्गत एक सय नेपाली भाषा शिक्षकका पदमा नियुक्ति दिन निर्देश गरियो । पत्रमा ‘The name of persons to be selected for this purpose are to be provided by the Assam Gorkha Sammelan…’ भनेर उल्लेख गरिएको छ । यसपछि धेरै जना व्यक्तिहरूको शिक्षक पदमा नियुक्ति भयो तर पाठ्यपुस्तकको समस्या आयो । त्यसैले प्रा. लीलबहादुर क्षेत्री, डा. लोकनाथ शर्मा र इन्द्र गुरागाइँलाई लिएर ‘ पाठ्यपुस्तक प्रस्तुत समिति’ गठन गरियो। उक्त समितिले ‘सजिलो साहित्य- भाग १’ प्रस्तुत गयो । तर प्रकाशन कसले गरि दिने ? अन्तिममा ३३,०००/- रु. खर्च गरेर सम्मेलनका सभापति मणिकुमार सुब्बाले त्यो महान कार्य पनि गरि दिए ।

ट्राइबेल बेल्ट र ब्लकको समस्या :

      राज्य सरकारले १९४७ सन्मा ट्राइबेल बेल्ट र ब्लक गठन गरेर नेपाली (कृषक-गोपालक) लाई विशेष सुरक्षित श्रेणीमा अन्तर्भूक्ति गयो । तर यो व्यवस्थाले सबै नेपाली भाषीलाई जमीनको अधिकार सुरक्षित पार्न सकेन । तर त्यति आफ्नो हुँदा-हुँदै पनि १९६९ सन्‌मा सरकारले हाम्रो हक र अधिकार खोसेर लग्यो। अगोस लगायत असमका सबै गोर्खाली जातीय सङ्गठनहरू एकत्रित भएर बेल्ट-ब्लकमा रहेको अधिकार पूनः यथावत राखि दिनु पर्छ भन्ने दावी गरे । १९९६ सन्मा मणिकुमार सुब्बा, रुद्र पराजुली, तारापति उपाध्याय, इन्द्रप्रसाद गुरागाँत्री आदि नेतृत्वले मुख्यमन्त्री हितेश्वर सइकीयासँग कुरा गरे पछि सरकारको केविनेट सिद्धान्त बमोजिम १९ मार्च, १९९६ सन्‌मा उपरोक्त अधिकार नेपालीभाषीले पूनः प्राप्त गरे। तर अझै पनि अड्चनहरू थिए । विशेष गरी बी.टी.ए.डी. क्षेत्रका गोर्खाहरूले यो समस्यालाई मूल मुद्दाको रूपमा लिएका थिए। असम गोर्खा सम्मेलनले यस सन्दर्भमा ‘नेपाली (कृषक-गोपालक) ‘ शब्द हटाएर ‘गोर्खा’ मात्रै शब्द राख्न दावी जनाएको थियो । भन्नु पर्दा आग्सु लगायत सबै गोर्खाली सङ्गठनहरूको मत पनि एउटै थियो। यसै समयमा (२०१९) असम सरकारले चन्द्रमोहन पाटोवारीको नेतृत्वमा एउटा केविनेट उप समिति गठन गयो । सम्मेलनले पनि दिसपुर जनता भवनमा Revenue and Disaster Management Deptt. ECF 124390, File No. RDN-15032/217/2019 (दावी सम्बलित फाइल) अधि बढाइ राख्यो। अवश्य बी.टी.आर.मा प्रमोद बडो चीफ बने पछि काम गर्न केही सरल पन्यो । अगोसका उप सभापति माधव क्षेत्री बी.टी.आर. का मनोनीत पार्षद नियुक्ति हुनाले हाम्रो विषयवस्तु अझ गतिशील बन्यो। माधव क्षेत्रीज्यूको सक्रिय सहयोगमा बी.टी.सी. चीफले ‘नेपाली (कृषक गोपालक) ‘ को ठाउँमा ‘गोर्खा’ हुँदा केही आपत्ति नभएको कुरा मुख्यमन्त्री लगायत क्याबिनेट उप समितिका अध्यक्षलाई पत्र लेखे। सबै आवश्यकीय कुरा पुरा भएपछि असम सरकारले विगत ०९-०७-२०२१ मा पहिलो चरणमा बी.टी.आर. का गोर्खाहरूलाई (ALRR 1886, chapter X) अनुसार भूमिको अधिकार सुनिश्चित गर्ने सिद्धान्त लियो। यसपछि अरू अरू बेल्टमा पनि गोर्खाहरूलाई सुरक्षित पार्ने प्रक्रिया जारी नै छ । उपरोक्त विषय सन्दर्भमा असमेली सबै जातीय सङ्गठनहरूको भूमिका र योगदानलाई साधुवाद ज्ञापन गर्दछु ।

गोर्खाहरूको जनजातिकरण मुद्दा:

    भारत सरकारको जनजाति मन्त्रालय एवं असम सरकारको अन्यान्य पछौटे श्रेणी कल्याण विभागका सचिवद्वारा उक्त विभागका निर्देशकलाई गोर्खाहरूको जनजातिकरण (ST) सन्दर्भमा ‘एथनग्रेफिक रिपोर्ट’ माँगे पछि गोर्खा सम्मेलनले मूल सचिव लक्ष्मी सेडाइको नेतृत्वमा कार्यहरू अघि बढाइ रह्यो । कार्यकरी सभापति कृष्ण भूजेलज्यूको नेतृत्वमा सिक्किम, दार्जिलिङ पुगि आवश्यकीय डकुमेन्ट भेला पारि साङ्गठनिक रोडम्याप तैयार गन्यो अनि निरन्तर यस विषयमा लागि रहे । २०२१ सन्‌को फरवरी महिनामा अन्यान्य पछौटे श्रेणी कल्याण विभागका निर्देशकले आफ्नो प्रतिवेदन असम सरकारका सचिवका टेवुलमा प्रेरण गरेका छन्। अब उसो, यो प्रतिवेदनलाई दिल्ली पुयाउने विषयमा सरकारको सदिच्छा र नीति माथि निर्भर गर्दछ।

गोर्खा उन्नयन परिषद :

     गोर्खा सम्मेलनको २४औं अधिवेशन २००८ मा डिगबैमा अनुष्ठित हुन्छ। उक्त दिन आम सभामा अगोसको पहिलो प्रस्ताव ‘गोर्खा उन्नयन परिषद’ गठन सन्दर्भमा मुख्यमन्त्री तरुण गगैले समर्थन गर्दै यसलाई शीघ्र गठन गरिने छ भनेर घोषणा गर्दछन् । यसपछि ५ मई २०१० मा गेजेट नोटिफिकेशन नम्बर TAD/BC/491/07/120 द्वारा परिषद गठनको प्रक्रिया सुरुवात गरेको हो। यसपछि ११-१०-२०१० मा अगोसका कार्यकारी सभापति श्री लोकनाथ  उपाध्यायको नेतृत्वमा २३ जना सदस्यलाई लिएर उन्नयन परिषद गठन भएको हो। गोर्खा उन्नयन परिषद गठनमा मणिकुमार सुब्बाज्यूको भूमिका सराहनीय रहेको छ।

साङ्गठनिक रण कौशल:

      गोर्खाहरूका मुख्य मुद्दा एन. आर.सी. मासबै गोर्खाहरूको नाम अन्तर्भूत हुनु, गोर्खाहरूलाई डी ‘D’ (Doubtful) भोटरबाट मुक्त गराउनु, असम समझौताको (१९८५) ६ नम्बर धारा बमोजिम असमेली गोर्खाहरूलाई रैथानेको मर्यादा दिनु, गोर्खाहरूका एघार जात लगायत लिम्बु र तामाङलाई अनुसुचित जनजातिको मर्यादा प्रदान गर्नु, छैटौं क्षेत्रमा वसोवास गर्ने गोर्खाहरूको भूमिको अधिकार सुनिश्चित गर्नु, नेपाली भाषा, पठन-पाठन व्यवस्था र संस्कृतिको जगेडा गरिनु इत्यादि विषयहरू लिएर ३१ जुलाई, २०१८ को दिन संसद भवनको प्रधानमन्त्री कार्यालयमा श्रीकृष्ण भूजेलको नेतृत्वमा गएको टोली क्रमशः कर्ण भूजेल, लक्ष्मी सेडाइँ, बासुदेव उपाध्याय, सञ्जीव दाहाल र गोकर्ण मिश्रले असम गोर्खा सम्मेलनको पक्षमा भेटवार्ता गरी स्मारक पत्र प्रदान गर्दछन्। ठीक त्यसरी नै विभिन्न समयमा गृहमन्त्री अमित शाह, जनजाति परिक्रमा मन्त्री जुवेल ओराम, डनार मन्त्री डा० जितेन्द्र सिंह, मानव संसाधन विकाश मन्त्री डा० सत्यपाल सिंह, भारत-नेपाल मैत्री सङ्घ सन्दर्भमा दुवै देशबाट मनोनीत वरिष्ठ व्यक्ति समुहका (Eminent Persons Group) अध्यक्ष भगत सिंह कोशयारी, भाजपाका मूल सचिव राम माधवजी, आर.एस.एस. का शीर्ष व्यक्ति डा० कृष्ण गोपाल आदि विभिन्न व्यक्तिसँग समस्या सन्दर्भमा साङ्गठनिक पहल राख्दछन्। ठीक त्यसरी नै सम्मेलनका टोलीले मुख्यमन्त्री, राज्यपालसँग पनि समय-समयमा भेटवार्ता गरि गोर्खा जनताले भोग्दै आएका पीर मर्काहरू जानकारी गराइ रहेको कुरा सबैलाई विदितै छ । जसले गर्दा डी (D) भोटर्सको समस्या समाधानको पथमा अडिएको छ। ठीक त्यसरी नै ओ.बी.सी. प्रमाण पत्र, गोर्खा जाति प्रमाण पत्र आदि दिने व्यवस्थामा पनि सरलीकरण बन्दै छ । सायद यीनै कुराहरूले गर्दा असम गोर्खा सम्मेलन हाम्रा जनता बिच चर्चामा रहेको देखिन्छ ।

भोलीका सम्भावना:

     असम गोर्खा सम्मेलनले अराजनैतिक धारा अक्षुन्न राख्नु पर्दछ । यो मञ्च समग्र असममा वसोवास गर्ने गोर्खालीहरूको हो । त्यसैले विभिन्न राजनैतिक दलमा भएका गोर्खा नेता, सामाजिक जीवनमा रहेका अनुभवी व्यक्तित्व, साहित्यिक, इतिहासविद, अधिवक्ता, प्राध्यापक, प्रशासनीक क्षेत्रमा दक्षता भएका अफसर, प्रतिभावान युवा-युवती, सांस्कृतिक कर्मी आदि सबैले यसलाई मलजल गर्न जरुरी छ। हामी फुट्नु हैन, जुट्नु पर्छ। सम्मेलनले वार्षिक कर्मसुचि प्रस्तुत गरि परिकल्पित रूपमा आफ्नो कार्यवली अघि बढाउनु पर्छ । शिक्षा, संस्कृति, खेलकुद, साहित्य, महिला सवलीकरण, कृषि, उद्योग सबैमा रणनीति बनाउनु पर्छ। हामी एक अर्कालाई हिलो छ्यापाछ्याप गर्ने होइन। एक-अर्काले टोकाटोक गरे विलीन हुन्छौं । त्यसैले जात-जातको फुलवारीले सिङ्गो गोर्खा जातिको निर्माण गर्ने योजना बनाऊँ। हामी आशावादी बनौँ।

हाम्रो नारा  “सँधै गौरव राख्ने छौं गोर्खाको”

जयहिन्द ।