Wednesday, May 1, 2024
Femaleखेल-कुद

Lady Mahi ! indian W keeper Uma Chetry

असमेली गोर्खे चेली उमा क्षेत्रीले गौरवको यात्रा तय गरेकी छन् । उमा छेत्री बंगलादेश विरुद्धको आगामी तीन टी–२० र एकदिवसीय सिरीजका लागि भारतीय महिला क्रिकेट टोलीमा छनौट भएकी छन् । बोकाखाटको कान्दुलिमारी गाउँका पालिका बहादुर छेत्री र दीपा छेत्रीकी छोरी उमा छेत्री, भारतीय एकदिवसीय शृंखलाका लागि भारतीय महिला क्रिकेट टोलीमा छनौट भएकी छन् ।

बोकाखाटको दुर्गम गाउँकी असमिया गोर्खे युवती उमा क्षेत्री भारतीय महिला क्रिकेट टोलीमा स्थान दखल गर्न सक्षमता तथा यस सफलताको पछाडि़ दुई प्रशिक्षक को भुमिका अहम ठानिएको छ । उमा छेत्री, जसले २०११ मा कांधुलिमारी गाउँ छाडेर क्रिकेट ब्याट उठाइन्, क्रिकेटको एबीसीहरू सिकेर दक्ष क्रिकेटर बनिन्।

अति पछौटे भेकबाट विश्व रंगमञ्च सम्मको निरन्तर यात्रा ऐतिहासिक ठानिएको छ । बोकाखातको कान्दुलिमारीदेखि अन्तर्राष्ट्रीय क्रिकेट सम्मको दौड़मा उमाले पहिले गुवाहाटी, त्यसपछि दिल्ली र मुम्बईसम्म को हिलो र कठोर यात्रा पार गरेकी छिन । उमा छेत्रीका आमाबाबु र गाउँले उनको यात्रामा खुसी छन् । उमा छेत्रीले असम को साथै पुरै पूर्वोत्तरको गौरव बड़ाएकी छन । असमकी गोर्खा कन्या उमा पनि क्रिकेट जगत मा, महिला क्रिकेट मा विकेट कीपिङ भएकोमा महिन्द्र सि धोनी जस्तै स्थान हासिल गर्ने छिन भन्ने आशा गरिएको छ ।

LADY MAHI ! INDIAN W KEEPER UMA CHETRY